Tuesday, January 18, 2011

Yarshagumba in Nepal





नेपालमाँ paine यार्सागुम्बा
यार्सागुम्बा हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिबुटीको रूपमा चिनिँदै आएको छ । यो वनस्पति र किराबीचको अन्तरसम्बन्धको एउटा उदाहरण हो । यो च्याउको यस्तो प्रजाति हो जसले आपmनो सम्र्पूण जीवनचक्र पुतलीको लार्भाभित्र नै व्यतीत गर्छ । यार्सागुम्बा लार्भा अवस्थामा लाग्ने रोग हो जुन लार्भाको मृत्युपश्चात् बाहिर उम्रन्छ । यार्सागुम्बा च्याउको प्रजाति भए पनि अन्य च्याउहरूको जस्तो छाता भने हुँदैन । लार्भाले छाला फेर्ने अवस्थामा झरेका यार्सागुम्बाको बीउ  अंकुरण भई पोषणतत्त्व सोस्न थाल्छ । यार्सागुम्बा भाँचेर हेर्‍यौं भने भित्री भाग सेतो ढिक्को देख्छौं । किराको भित्री भाग र यार्सागुम्बाको भित्री भाग एकै प्रकारको हुन्छ ।

यसको औषधीय महत्त्व धेरै अघिदेखि पत्ता लागेको हो । चार हजार वर्षभन्दा पनि पुरानो आत्रेय संहितामा भूसंजीवनी भनी नामकरण गरिएको छ जसलाई सान्निपातिक बृक्क महाफिरंग अथवा मृगौला र यौनसम्बन्धी रोगहरूको रोकथामका लागि उपयोगी भनी उल्लेख गरिएको छ । चरक संहिता, जुन आत्रेयकै शिष्य चरकले लेखेका हुन्, मा पनि त्यसरी नै उल्लेख गरिएको छ । चीनमा  विगत २००० वर्षदेखि नै यसको प्रयोग हुँदै आएको उल्लेख छ । यार्सागुम्बा नेपाल तथा भुटानको उत्तरी भाग, चीनको तिब्बत स्वशासित क्षेत्रबाहेक गान्सु, किन्घाई, सिचुआन तथा युनान प्रान्त तथा भारतको हिमाली प्रान्तजस्तै हिमाञ्चल प्रदेश, अरुणाचल प्रदेश तथा सिक्किममा पाइन्छ । ठाउँ हेरी यो प्रायः ४,००० देखि ५,००० मिटरसम्मको उचाइभित्र पाइन्छ ।

पश्चिमा जगतलाई करिब ३०० वर्ष अगाडि मात्र यार्सागुम्बाको जानकारी भएको देखिन आउँछ ।

यार्सागुम्बाको वैज्ञानिक नाम कोर्डिसेप्स साइनेन्सिस हो । कोर्डिसेप्सअन्तर्गत यार्सागुम्बा साथै किराबाट उम्रने ५०० भन्दा बढी च्याउका प्रजाति पर्छन् । रिब्स नाम गरेका व्यक्तिले चीनको गुआङदोङ प्रान्तबाट बेलायतको लिनियन समाजमा यार्सागुम्बाको केही नमुना पठाए । उनका अनुसार त्यतिबेला गुआङदोङ प्रान्तमा यार्सागुम्बालाई अन्त प्रान्तबाट बिक्रीका लागि ल्याइन्थ्यो । पछि बेलायतका किटविज्ञानका प्राध्यापक वेस्टवुडले ती नमुनालाई सन् १८४१ मा भएको किटविज्ञान समाजको सम्मेलनमा प्रदर्शन गरे र चीनमा बहुमूल्य जडिबुटी भएको समेत वर्णन गरे । पछि सन् १८४३ मा बेलायतकै बर्केली भन्ने प्रसिद्घ च्याउविज्ञले यिनै नमुनाको अध्ययन गरी स्फेरिया साइनेन्सिस भनी नाम दिए । यी नमुना हालसम्म पनि बेलायतको क्यु बगैंचाको प्राकृतिक संग्रहालयमा सुरक्षित छन् । पछि साक्कार्डो नाम गरेका इटालियन वैज्ञानिकले सन् १८८३ मा त्यस नामलाई परिमार्जन गरी कोर्डिसेप्स साइनेन्सिस भन्ने नाम दिए जुन धेरै वर्षसम्म कायम भयो । हालसालै मात्र सन् २००७ मा यस नामलाई पुनः परिमार्जन गरी ओफियोकोर्डिसेप्स साइनेन्सिस भन्ने नाम दिइयो । यार्सागुम्बालाई यार्सागुम्बु अथवा यार्चागुम्बा पनि भन्ने गरिन्छ जसको तिब्बती भाषामा अर्थ हुन्छ गरम याममा बिरुवा हुनु र जाडो याममा किरा हुनु । नेपाली भाषामा जीवनबुटी अथवा किराच्याउको नामले पनि चिनिन्छ । त्यस्तै चिनियाँ भाषामा यसलाई दोङछोङसियाकाओ अथवा छोटकरीमा छोङकाओ, जापानी भाषामा तोचुकासो र कोरियन भाषामा धोङछुङहाछो भनिन्छ जुन तिब्बती नामबाटै उल्था गरिएको हो । यसबाट विगतमा यार्सागुम्बा भन्नाले जाडो याममा किराको रूपमा रहने तर गरम आएपछि बिरुवामा रूपान्तरण हुने अनौठो खालको जीव हो भन्ने धारणा व्याप्त रहेछ भन्ने बुझिन्छ ।

यार्सागुम्बा कुनकुन किरा अथवा कति थरीको किरामा उम्रन्छ भन्ने अनुसन्धान विगत सय वर्षदेखि हँुदै आएको देखिन्छ । यार्सागुम्बा लेपिडोप्टरा वर्गअन्तर्गत पर्नेे हेपियालिडे परिवारको ठिटारोड्स प्रजातिका पुतलीहरूको लार्भामा उम्रन्छ । सबैभन्दा पहिले उक्त पुतलीलाई हेपियालिस प्रजाति भनी सन् १९०९ मा ओबेर्थुरले नाम दिए । पछि भियत्ते नाम गरेका वैज्ञानिकले सन् १९६८ मा नेपालमा पाइने प्रजातिहरूको अध्ययन गरी यार्सागुम्बा लाग्ने पुतलीहरूलाई ठिटारोड्स भन्ने नयाँ नाम दिए । ठिटारोड्सअन्तर्गत करिब ७० प्रजातिका पुतली पाइन्छन् जसमध्ये चिनियाँ वैज्ञानिकहरूका अनुसार ५० भन्दा बढी प्रजातिहरूका लार्भामा यार्सागुम्बा लाग्छ । यी पुतलीको आयु सरदर २ देखि ५ वर्षसम्म हुन्छ । आपmनो जीवनकालमा धेरैजसो समय लार्भाको रूपमा बिताउँछन् र बिरुवाका जरा खान्छन् जसको कारण कहिलेकाहीं हिमाली क्षेत्रको वनस्पतिजगत्लाई ठूलो क्षति पुर्‍याउँछ । जाडो यामभरि लार्भा सुषुप्त अवस्थामा रहन्छन् भने गरम सुरु भएपछि प्युपामा परिणत भई वयस्क पुतली बन्छन् । वयस्क पुतलीको आयु साह्रै छोटो हुन्छ र सरदर २ देखि ५ दिनसम्म मात्र बाँच्छ । यही अवधिमै पोथी पुतलीले धेरै संख्यामा फुल पार्छ ।

यार्सागुम्बाको संकलन जेठ, असारमा गरिन्छ तर त्यतिबेला यार्सागुम्बाको शरीर पूर्ण वयस्क भइसकेको हुँदैन । संकलनकर्ताले यार्सागुम्बा वयस्क हुनुभन्दा पहिले नै टिप्नुको मुख्य दुई कारण छन् । पहिलो कारण त संकलनकर्ताहरूबीचमा प्रतिस्पर्धा हुनु हो । दोस्रो कारण हो जब यार्सागुम्बा पूर्णरूपले वयस्क भएर बिउहरू छर्छ, त्यसपछि यसको भित्री तन्तु बिस्तारै खुकुलो हँुदै जान्छ र तौल घट्दै जान्छ । वयस्क हुनुभन्दा पहिले यार्सागुम्बाको तन्तु कसिलो हुन्छ र तौल पनि धेरै हुन्छ । यार्सागुम्बाको व्यापार तौलका आधारमा गरिने भएकाले वयस्क हुनुभन्दा पहिले नै टिप्नु लाभदायक मानिन्छ । साधारणतया यार्सागुम्बा साउन तथा भदौको पहिलो आधासम्म वयस्क हुन्छ र बिउ छर्न थाल्छ । यतिबेला जब लार्भा जमिनको सतहमा चर्न आउँछ, बिउहरू झरेर लार्भालाई आक्रमण गर्छन् । लार्भाहरू सामान्यतया खानका लागि जमिनमुनि घुस्छन् तर जब यार्सागुम्बाको बिउले आक्रमण गर्छ, त्यसपछि लार्भाको शरीर कमजोर हुनुको साथै यसमा मनोवैज्ञानिक असर पनि पर्न जान्छ जसले गर्दा जमिनमुनि अलि बढी नै घुस्छ तर त्यतिबेला भने पछाडिको खुट्टाबाट ठाडो पारेर घुस्छ जसले गर्दा यार्सागुम्बा टाउकोको भागबाट उम्रन्छ । जाडो यामभरि यार्सागुम्बाका रेसाहरू लार्भाको शरीरभित्र सुषुप्त रूपमा बढ्छन् । वास्तवमा यार्सागुम्बाको जीवनचक्रमा जाडो महिनाको प्रतिकूल असरबाट छल्ने यो एउटा राम्रो उपाय हो । यस संसारमा हरेक प्राणीले प्रतिकूल मौसममा बाँच्नका लागि सुषुप्त अवस्था रोजेका हुन्छन् । जाडोको मौसमको अन्त्यतिर तापक्रम बढ्न थालेपछि यार्सागुम्बा बिस्तारै जमिनमाथि टुसाउन थाल्छ र आपmनो गतिशील जीवन फेरि सुरु गर्छ ।

यार्सागुम्बाको संकलनका साथसाथै संरक्षण पनि त्यत्तिकै महत्त्वपूर्ण छ । यार्सागुम्बा किराबाट मात्र उम्रने भएकाले यसको जनघनत्व किराको जनघनत्वमा निर्भर गर्छ । अतः मानिसको क्रियाकलापबाट किराको जनघनत्वमा प्रभाव परेमा अवश्य पनि यार्सागुम्बाको जनघनत्वमा पनि प्रभाव पर्छ । त्यति मात्र नभई वयस्क हुनुभन्दा पहिले नै अत्यधिक संकलन गरेमा यार्सागुम्बाको बिउ उत्पादनमा प्रत्यक्ष प्रभाव परी भविष्यमा यसको संकलनमा ठूलो ह्रास आउने सम्भावना हुन्छ । चीनमा यार्सागुम्बाको अत्यधिक संकलनले यसको उत्पादनमा ह्रास आएको उदाहरण हालै मात्र प्रकाशित विश्वविख्यात साइन्स पत्रिकाको सन् २००८ नोभेम्बर २१ को अंकमा उल्लेख गरिएको

छ । त्यसैले हामी पनि सतर्क हुनुपर्छ । नत्र भने आजको यार्सागुम्बा भोलिका सन्ततिले नचिन्ने सम्भावना पनि हुन सक्छ 



   हिमालतिरका गाउँका स्कुलमा पढाइ सुरु भइसकेको छ । तर, विद्यार्थीहरूलाई न पढाइमा चासो छ, न त उनीहरूका अभिभावकलाई नै छोराछोरीको पढाइ बिग्रेला भन्ने चिन्ता छ । बरू आफूसँग छोराछोरी पनि यार्सागुम्बा टिप्न गएनन् भने वर्षदिनको खर्च चल्दैन कि भन्ने आशंका छ । सोही कारण केही दिनको पढाइ छुटाएर भए पनि लम्जुङ, तनहुँ, कास्कीलगायतका जिल्लाका बासिन्दाहरू आफ्ना स्कुले छोराछोरीका साथ यार्सागुम्बा टिप्न हिमालतर्फलागेका छन् ।
           त्यसो त बहुमूल्य जडीबुटी हो यार्सागुम्बा नेपालकै सबैभन्दा महँगो जडीबुटी भएकाले पनि यसलाई बहुमूल्य भनिएको हो । यार्सागुम्बा संकलनका लागि मानिसहरू आफ्नो गाउँघर छाडेर कुम्लो बोकेर हिमालको फेदतिर लागेपछि अहिले गाउँ नै खाली हुन थालेका छन् । गर्मी महिनाको सुरुवातसँगै हिमालमा हिउँ पग्लिएको छ । यस्तो बेलामा यार्सागुम्बा टिप्न सजिलो हुन्छ । सोही कारण कास्की र मनाङका हिमाली फेदतर्फ यार्सागुम्बा संकलनका लागि मानिसहरूको ओइरो लागेको हो ।
           हिमालको फेदीमा यार्सागुम्बा संकलल गर्ने क्रम केही वर्षयताबाट चल्दै अएको छ । जति धेरै यार्सागुम्बा टिप्यो, उति धेरै अर्थोपार्जन हुने भएकाले पनि परिवारका काम गर्नसक्ने सबैजसो सदस्यहरू यार्सागुम्बाको खोजीमा हिमालतर्फ लागेका हुन् । विगत जस्तै यस वर्षपनि हजारौंको संख्यामा लेक तथा हिमाली क्षेत्रमा जान थालेको दृश्य दिनदिनै देख्न पाइन्छ । यस वर्ष बाहिरी जिल्लाका मानिसलाई पनि कुनै रोकतोक नभएपछि यार्सागुम्बा संकलनका लागि हिमालको फेदतिर जानेहरूको अत्यधिक भीड लागेको छ ।
          उनीहरू बास बस्नका लागि बन्दोबस्तीका सामान टार, गुन्द्री, कम्बल, राडीपाखीलगायतका लत्ताकपडाका साथै खानाका लागि पीठो, चामल अनि पकाउने भाँडा बोकेर हिमालतर्फलागेका छन् । यतिबेला लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङतर्फ 50 जनाभन्दा बढी मानिसहरू यार्सागुम्बा संकलनका लागि मनाङतर्फजाने गरेका छन् । लमजुङको घनपोखरा, पसगाउँ, भुजुङको लेक हुँदै मानिसहरू यार्सागुम्बा संकलनका लागि हिमालका फेदतिर लागेका हुन् । त्यस्तै, कास्कीको ताङतिङ र सिक्लेसको लेक हुँदै यार्सागुम्बा संकलनका लागि हिमालको फेदतिर मानिसहरू गएको स्थानीय बासिन्दाको भनाइ छ ।
          यार्सागुम्बा संकलनका लागि धादिङ, गोरखा, तनहुँ, चितवन, लमजुङ, मनाङलगायतका जिल्लाका व्यक्तिहरु विशेषगरी हिमालतिर जाने गर्दछन् । उनीहरूले संकलन गरेका यार्सागुम्बा त्यहीँ सुकाएर ठेकेदारलाई बेच्ने गर्छन् । यार्सागुम्बा खरिदका लागि हिमालको फेदमा चीनको तिब्बतदेखि लिएर विदेशी एवं स्वदेशी ठेकेदारहरू हिमालको फेदी अर्थात् यार्सागुम्बा टिपेको ठाउँमै आउने गरेका छन् ।
          आधा जीव र आधा वनस्पतिको रूपमा रहने बहुमूल्य जडीबुटी यार्सागुम्बा यौनबर्द्धक औषधिको रूपमा प्रयोग हुन्छ । विदेशी बजारमा राम्रो माग रहेको यार्सागुम्बालाई गत वर्ष र्सवसाधारणले सुकाएर प्रतिकेजी दुईदेखि तीन लाख रुपैयाँसम्ममा ठेकेदारलाई बिक्री गरेका थिए । यार्सागुम्बा किलोको पाँचदेखि सात लाख र्रुर्पैयाँसम्ममा व्यापारीहरूले बेच्ने गर्छन् ।

No comments:

Post a Comment